दफा ६१
अनियमित गिरफ्तार वा थुनछेकको कसुर
देहायको कुनै कार्य गरेमा अनियमित गिरफ्तार वा थुनछेकको कसुर गरेको मानिनेछ ः-
(क) कुनै व्यक्तिलाई गिरफ्तार गरी वा थुनामा राखी तहकिकातको निमित्त सम्बद्ध अधिकारी समक्ष मुद्दा पेश नगरेमा वा विना कारण मुद्दाको पुर्पक्ष नगरी ढिलो गरेमा,
(ख) कुनै व्यक्तिलाई सैनिक हिरासतमा राख्न लगाउने व्यक्तिले सैनिक हिरासतमा राख्न पाउने अधिकार भएको अधिकारी तथा प्राड विवाकलाई मनासिब माफिकको कारणले बाहेक उसै बखत वा सकेसम्म चाँडो र जुनसुकै अवस्थामा पनि चौवीस घण्टाभित्र हिरासतमा राख्नु पर्नाको उचित कारण खोली विवरण पेश नगरेमा ।